काठमाडौं । अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा मेलवर्न रेनेगेड्सलाई ३३ रनले हराउँदै नेपाल विजयी भएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको मेलवर्न रेनेगेड्सले २० ओभरमा अल आउट हुदँदै १०६ रन मात्र बनाएको हो ।
नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने कुशल भुर्तेलले २ शहाब आलम र रुपेश सिंहले एक-एक विकेट लिए ।त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले सर्बाधिक २९ रन बनाए भने लोकेश बमले २४, कप्तान दिपेन्द्र सिंह ऐरीले २७, भिम सार्कीले १७, आरिफ सेखले १२ रन बनाए भने रुपेश सिंहले अविजित १६ रन बनाए।