शुक्रबार, वैशाख २७ गते २०८२

पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

अखबार दैनिक
बिहीबार , माघ १९ २०७९
  • पत्रकार महासंघ धनकुटाका सहसचिव चौधरीको निधन

    १९ माघ काठमाडौँ। नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधन भएको छ। 

    images

    ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा गएराति निधन भएको हो। चौधरी आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारका स्टेसन म्यानेजर समेत थिए। 


    उनको पिसाबमा संक्रमण देखिएपछि धरानस्थित प्रतिष्ठानमा उपचार भइरहेको थियो। राति १ बजे उपचारकै क्रममा उनको निधन भएको पारिवारले जनाएको छ।  उनको बिहीबार दिउँसो धनकुटाको मूलघाटमा अन्त्येष्टि हुने पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए।  चौधरीका श्रीमती तथा एक छोरा र एक छोरी छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ