धनुषा: जनकपुरमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । एक्सप्लोन नामक ४९३ बोतल लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेहरुमा प्रदेश २–०२–००१ स ०३५६ नम्बरको अटो चालक धनुषाको नगराइन नगरपालिका–७ का २२ वर्षीय दिलसाद नदाफ, ज ११ प ४४४६ नम्बरको मोटरसाइकल चालक २२ वर्षीय भरोसी यादव र त्यही मोटरसाइकलमा रहेका २१ वर्षीय इसराइन नदाफ रहेका छन् ।
यस्तै ज.६ प.१७८ नम्बरको मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वेलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ । उनी जनकपुरधामको पीडारीचोकबाट पक्राउ परेका उहाँले बताउनुभयो ।