काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको पुत्ला दहन गरेको छ ।
अनेरास्ववियूले शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस अगाडि पुत्ला दहन गरेका हुन् । अनेरास्ववियूले शिक्षामन्त्री खनालले निजीलाई पोसेको, गरीब विद्यार्थीको खिलाफमा रहेको आरोप समेत लगाएको छ ।
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई डुबाएर पुस्तक छपाइको जिम्मा निजीलाई दिएको अनेरास्ववियुको आरोप छ । जनक शिक्षा सामाग्री केन्द्र मास्नेका विरुद्ध एकजुट भएर लड्नुपर्ने अनेरास्ववियुको तर्क छ । अनेरास्ववियूले मन्त्री खनालको राजीनामा समेत मागेको छ ।अनेरास्ववियूले मन्त्री खनाल शैक्षिक दलाल भएको आरोप लगाएको छ ।