मंगलबार, कात्तिक २० गते २०८१

सन्दीप विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै

सन्दीप विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै

अखबार दैनिक
सोमबार, माघ ९ २०७९
  • सन्दीप विरूद्धको मुद्दामा आज सुनुवाई हुँदै

    माघ ९ काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको सोमबार जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुने भएको छ ।

    images

    पाटन उच्च अदालतको आदेशबाट २० लाख रुपैयाँ धरौटीमा छुटेका लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालतमा पेशी तोकिएको हो । धरौटीमा छुटेपछि लामिछाने क्रिकेट अभ्यासमा समेत लागिसकेका छन् ।


    गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछानेले त्यसविरुद्ध उच्च अदालतमा अपिल गर्दै थुना बाहिरै बसेर पुर्पक्ष गर्न माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार