बिहीबार , असोज ३ गते २०८१

शेयर बजार आज फेरि घट्यो

शेयर बजार आज फेरि घट्यो

अखबार दैनिक
बुधबार, पुस ६ २०७९
  • शेयर बजार आज फेरि घट्यो

    काठमाण्डौ – शेयर बजार आज बुधवार फेरि घटेको छ । हिजो मङ्गलवार र अस्ति सोमवार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अङ्कमा झरेको छ ।  

    images

    आज बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । 


    बजार घटेको दिन दुई सय ५२ वटा कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ११ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज पञ्चकन्यामाई हाइड्रोपावरको शेयर छ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र शृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ