बिहीबार , कात्तिक १५ गते २०८१

जानकी मन्दिरमा २६ जोडीको सामूहिक विवाह

जानकी मन्दिरमा २६ जोडीको सामूहिक विवाह

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • जानकी मन्दिरमा २६ जोडीको सामूहिक विवाह

    जनकपुरधाम । विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर प्रांगणमा २६ जोडी युवा युवतीको सामूहिक विवाह सम्पन्न भएको छ । विश्व हिन्दू परिषद नेपालले विगत चार वर्षदेखि विवाह पञ्चमीको अवसरमा जानकी मन्दिरमा सामूहिक विवाह गर्दै आएको छ ।

    images

    यसवर्ष २६ जोडी युवायुवतीको एकै समारोहमा सामूहिक विवाह सम्पन्न भएको हो । परिषदले यस वर्ष पनि विवाह पञ्चमीको अवसर पारेर माता सिता र भगवान रामको प्रतिकात्मक विवाह भएको मण्डप जानकी मन्दिर प्रांगणमा मंगलबार विभिन्न जातजातिका २६ जोडी बरबधुको सामूहिक विवाह सम्पन्न गराएको छ । 

    जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचारप्रसार गर्न विवाह पञ्चमीको अवसरमा विगत चारवर्ष देखि भइरहेको सामूहिक विवाहलाई निरन्तरता दिँदै परिषदले यस वर्ष पनि २६ जोडीको सामूहिक विवाह गराएको आयोजकले जनाएको छ । 

    जनकपुरधामलाई विश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा चिनाउन, पर्यटन प्रवद्र्धन गर्न, दहेज उन्मुलनसहितको समाज निर्माण गर्ने यस सामूहिक विवाहको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ ।

    जनकपुरधामका स्थानीयबाट सहयोग स्वरुप संकलन गरिएका मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मंगलसुत्र, एकसरो लत्ताकपडासहितको व्यवस्थापन आयोजकले नै गर्ने विश्व हिन्दू परिषद नेपालका महासचिव जितेन्द्र कुमारले बताउनुभयो  । 

    गरिव विपन्नहरुको विवाह पनि धार्मिक, समाजिक  अनुसार नै हुने भएकोले विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने तथा यस सामूहिक विवाहले समाजमा भाइचाराको विकास हुने आयोजकको भनाई छ ।  गत वर्ष एकै समारोहमा २२ जोडिको विवाह सम्पन्न भएको थियो । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार