पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज (मंसिर ७ गते, बुधबार) हुँदैछ ।
निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आईपीओ आज बुधबार क्यापिटलको कार्यालय, नक्साल, काठमाडौँमा दिउँसो ४ बजेदेखि गरिनेछ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ३४ हजार ३ सय १० जना लगानीकर्ताहरूले १ अर्ब ४६ करोड २७ लाख ३९ हजार रूपैयाँ बराबरको १ करोड ४६ लाख २७ हजार ३ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आईपीओ ५ लाख १५ हजार जना लगानीकर्ताहरूले १० कित्ता प्राप्त गर्नेछन् । कुल १२ लाख लगानीकर्ताको आवेदन परेको हुनाले यो आईपीओ पर्ने सम्भावना प्रबल रहेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको सेयर बाँडफाँड गरी बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सहित कुल ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्कासन गरेको हो। जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयरका लागि आवेदन दिन सक्दथे ।