काठमाडौं । आफ्ना ग्राहकका लागि एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड प्लानहरु ल्याएको छ। ग्राहकहरुले आफ्नो दूरसञ्चार सेवाको आवश्यकता अनुसार सरल र सहज रुपमा यी प्लानहरु सुचारु गर्न सक्छन्।
नयाँ प्रिपेड प्लान अन्तर्गत तीन वटा स्टार्टर प्याकहरु सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका छन्। यी प्याकहरु आइतबारदेखि संचालनमा आएका छन्। ग्राहकले सजिलोको करसहित ९७ रुपैयाँ सहयात्री प्लानको ९८ रुपैयाँ र सही यो प्लान ९९ रुपैयाँ मा लिन सक्छन्।
स्टार्टर प्याक अन्तर्गत सिम कार्ड खरिद गर्दा ग्राहकले स्वतः रुपमा सजिलो प्लान प्राप्त गर्दछन् । यसमा १० रुपैयाँ मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र ७ दिनको समयसिमा रहेको २० वटा अन नेट एसएमएस रहेको हुन्छ । त्यस्तै यो प्याक लिने ग्राहकले अन नेट भ्वाइस कल अन्तर्गत करसहित १।६२ रुपैयाँ प्रति मिनेटमा कल, १ रुपैयाँ मा पे एज यू गो डाटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक १ रुपैयाँमा पठाउँन सक्छन् ।