मंगलबार, जेठ ८ गते २०८१

नेपाललाई होच्याउने भारतीय स्थलसेनाध्यक्ष नरावणे काठमाडौं आइपुगे

नेपाललाई होच्याउने भारतीय स्थलसेनाध्यक्ष नरावणे काठमाडौं आइपुगे

अखबार दैनिक
बुधबार, कात्तिक १९ २०७७
  • नेपाललाई होच्याउने भारतीय स्थलसेनाध्यक्ष नरावणे काठमाडौं आइपुगे

    कात्तिक १९,

    images

    भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौँ आइपुगेका छन् । बुधबार मध्यान्ह भारतीय सेनाको विशेष विमानमार्फत चार सदस्यीय टोलीको नेतृत्व गर्दै नरवणे नेपाल भ्रमणमा आएका हुन् । नरवणेको भ्रमण टोली दुईवटा विमानमा आएको विमानस्थल स्रोतले जनाएको छ ।

    उनको स्वागतका लागि नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु विमानस्थल पुगेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा सेनाप्रमुख नरवणे नेपाल आएका नरवणेको आज कुनै औपचारिक कार्यक्रम नरहेको सैनिक श्रोतले बताएको छ । बुधबार सेनाध्यक्ष नरवणेको एयरपोर्टबाटसिधैँ होटल सोल्टीमा जाने र त्यसपछि साँझ पशुपति दर्शनमा जाने कार्यक्रम रहेको छ ।

    बिहीबार बिहान उनले टुँडिखेलस्थित वीर स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुका साथै जंगी अड्डाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

    यि तिनै नेपाल बिरोधी भारतिय जनरल हुन् जसले, भारतले एकतर्फी रुपमा नेपालको सिमाक्षेत्रमा पर्ने लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो खनेको चौतर्फी बिरोध हुँदा भनेका थिए, "लिपुलेक सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिनँ । कालीनदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ, म जान्दिनँ । उनीहरूले यो विषय कसैका लागि उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोरबारे विवाद छैन ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार