बुधबार, जेठ ९ गते २०८१

नेपाललाई होच्याउने भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

नेपाललाई होच्याउने भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

अखबार दैनिक
बुधबार, कात्तिक १९ २०७७
  • नेपाललाई होच्याउने भारतीय स्थलसेनाध्यक्ष नरावणे आज नेपाल आउँदै

    कात्तिक १९,

    images

    'चिनको ईशारामा नेपाल लिपुलेक आफ्नो दावी गर्दैछ' भनेर टिप्पणी गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे तीनदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आउँदै छन् । कोरोना भाइरसका कारण उनी नेपाल आउने यसअघिको पूर्वनिर्धारित कार्यक्रम रद्ध भएकोमा पुनः नयाँ मिति तय भएको हो । नेपाल र भारतबीच सम्बन्धमा चिसोपन आइरहेका बेला भारतीय सेनाध्यक्षको तीनदिने औपचारिक भ्रमण हुने भएको छ ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लाग्नुभएका भारतीय स्थल सेनाध्यक्ष नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    भारतमा नियुक्त हुने नयाँ स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी र नेपाली सेनाको नयाँ प्रधानसेनापतिमा नियुक्त भएपछि भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने प्रचलन रहेको छ ।

    नेपालप्रति कठोर नीति अपनाउने स्थल सेनाध्यक्ष नरावणेले शुरुमा नेपाल आउन आनाकानी गर्दै आउनुभएको थियो । सेनाध्यक्ष नरावणे आज बुधबार आफ्नै विशेष विमानबाट काठमाडौं आउन लाग्नुभएको हो । भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलको भ्रमणका बारेमा विभिन्न टीकाटिप्पणी भइरहेका बेला नरावणेको नेपालमा औपचारिक भ्रमण हुन लागेको हो ।

    यि तिनै नेपाल बिरोधी भारतिय जनरल हुन् जसले, भारतले एकतर्फी रुपमा नेपालको सिमाक्षेत्रमा पर्ने लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो खनेको चौतर्फी बिरोध हुँदा भनेका थिए, "लिपुलेक सडकका सन्दर्भमा म कत्ति पनि विरोधाभास देख्दिनँ । कालीनदीभन्दा पश्चिममा हामीले सडक बनाएका छौँ । नेपालमा यसको किन विरोध भइरहेको छ, म जान्दिनँ । उनीहरूले यो विषय कसैका लागि उठाएका हुन्, यो सम्भावना म देख्छु । यो सडक करिडोरबारे विवाद छैन ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार