प्रदर्शनकारीहरुको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट सेवा प्रवाह सुरु गरेको छ । क्षतविक्षत भएको अदालतमा पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको हो ।
यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दीप्रत्यक्षीकरणको निवेदनहरू हेर्न थालिने जनाएको थियो ।सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउनेगरी काम थालेको हो ।
इजलास शुरु भएको ६ दिनपछि अड्डाअदालतहरूमा दशैंबिदा शुरु हुनेछ । दशैंका बेलामा १५ दिन अदालतमा विदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर, यसपटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरु संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए ।