काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बजार घटे संगै आइतबार कारोबार रकम पनि घटेको छ । बिहिबार १० अर्ब ७९ करोडको कारोबार भएको बजारमा आइतबार ८ अर्ब ४३ करोडको कारोबार भएको छ ।
आज ५३ कम्पनीको सेयर मुल्य बढेको छ भने १९२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।