शनिबार, चैत ३० गते २०८१

बिहिबार सेयर बजारमा गिरावट, ५ अर्ब ६३ करोडको कारोबार

बिहिबार सेयर बजारमा गिरावट, ५ अर्ब ६३ करोडको कारोबार

अखबार दैनिक
बिहीबार , चैत २८ २०८१
  • बिहिबार सेयर बजारमा गिरावट, ५ अर्ब ६३ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । आज बजार ५.५७ अंकले घटेर २६७०.७० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ४८ करोडको कारोबार भएको बजारमा बिहिबार ५ अर्ब ६३ करोडको कारोबार भएको छ । 

    images

    आज ११३ कम्पनीको सेयर मुल्य बढेको छ भने १३१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    बिहिबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मुल्यले सकारात्मक सर्किट लगाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ