काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोलाको एक लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुन तोलामा एक लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदी एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।