सोमबार, जेठ ७ गते २०८१

विदेशमा ३ नेपालीको कोरोनाबाट मृत्यु : एनआरएनए

विदेशमा ३ नेपालीको कोरोनाबाट मृत्यु : एनआरएनए

अखबार दैनिक
आइतबार, असार ७ २०७७
  • विदेशमा ३ नेपालीको कोरोनाबाट मृत्यु : एनआरएनए

    ७ असार, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन् ।

    images

    गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु भएको थिएन । तर यो साता थप ३ जना नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ । योसँगै ९ साताको अवधिमा विदेशमा ज्यान गुमाउने नेपालीहरुको संख्या १ सय ३० जना पुगेको एनआरएनले जनाएको छ ।

    हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए ।

    संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका हुन् ।

    संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७ सय ९२ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमिक भएका छन् । डा. सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका ४ जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालको ८ हजार ६ सय ५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४ सय २ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार