शनिबार, चैत २ गते २०८१

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

अखबार दैनिक
सोमबार, फागुन १२ २०८१
  • खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोले अवरुद्ध

    कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेलेजानकारी दिनुभयो । उहाँका अनुसार ढुङ्गा खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

    images

    सदरमुकाम खाँदबारीबाट एक सय नौ किलोमिटरको दूरीमा रहेको सो स्थानमा पहिरो खसेको हो । पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् । पहिरोले करिब ३० मिटर सडक पुरिएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ