आइतबार, चैत ३ गते २०८१

काठमाडौं विश्वकै चौथो प्रदूषित शहर,शीर्ष स्थानमा दिल्ली

काठमाडौं विश्वकै चौथो प्रदूषित शहर,शीर्ष स्थानमा दिल्ली

अखबार दैनिक
सोमबार, फागुन ५ २०८१
  • काठमाडौं विश्वकै चौथो प्रदूषित शहर,शीर्ष स्थानमा दिल्ली

    काठमाडौं । विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।

    images

    छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक  बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ । काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ