काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारमा आज भने केहि सुधार आएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार ४५.८८ अंकले बढेको हो । बजार ४५.८८ अंकले बढेर २७१५.७१ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बजार बढेसंगै आज कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँको कारोबार भएको बजारमा आज ५ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ।
त्यसैगरी आज २११ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी तीन कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन। आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढेको छ ।