काठमाडौं । नेपाल बैंक लिमिटेडले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ ।
नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।