एउटै घरमा पति र प्रेमीसँग कुनै महिला एक साथ बसेको घटना अपत्यारिलो लाग्न सक्छ । तर, जापानी महिलामहिलाको जीवनमा यस्तै घटना भएको छ । जापानका सेफ तथा ब्लगर प्रिन्स सोयले हालै एक भिडियोमार्फत आफ्नो पारिवारिक जीवनको एउटा रहस्य उजागर गरेका छन् ।
प्रिन्स सोयका अनुसार उनकी पत्नी सेइरा पढ्नका लागि अस्ट्रेलिया गएकी थिइन् । उनले अस्ट्रेलियामै एक जापानी युवकसँग भएको परिचयलाई प्रेममा रुपान्तरण गरिन् ।
यद्यपि सेइराले आफूलाई धोका नदिएको प्रिन्स सोयको भनाइ छ । जुलाइ १२ मा सेइरा जापान फर्किइन् । उनले आफ्नो प्रेमीलाई पनि घरमा ल्याएकी थिइन् । प्रिन्स रोयले पत्नी र उनका प्रेमी दुवैलाई हार्दिकता साथ घरमा स्वागत गरे । उनीहरू तीनै जना करिब एक साता एउटै घरको छतमुनि बसे ।
यस बिचमा उनीहरू आपसमा मिलेर खाना पकाउनेदेखि लिएर घरका काम पनि गर्दथे । आफूले सेइरासँग बिहे गर्नु अघि नै ‘ओपन रिलेसनसिप’बारे समझदारी भइसकेको प्रिन्स रोयको भनाइ छ । उनले अरुसँग प्रेम गरे पनि पति आफूमात्र रहने पनि प्रस्ट पारे । पत्नीका जतिसुकै प्रेमी भए पनि आफ्नो ठाउँ कसैले नलिने उनको विश्वास छ ।
विदेशमा कठिन परिस्थितिमा आफ्नो पत्नीलाई साथ दिएको भन्दै प्रिन्स रोयले पत्नीको प्रेमीप्रति आभारसमेत प्रकट गरे । उनले पत्नीको खुसीमा नै आफ्नो खुसी रहने पनि बताए । एजेन्सी