काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको लोकतन्त्रप्रतिको निष्ठा र प्रतिबद्धताप्रति विरोधीहरुले अनावाश्यक भ्रम र हल्ला फैलाइएको भन्दै त्यस्ता भ्रम नफैलाउन चेतावनी दिएका छन् ।
प्रतिनिधिसभामा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको आलोचनाका नाममा प्रणाली उल्ट्याउने र प्रतिगमन फर्काउने काम सरकारलाई सैह्य नहुने बताए ।
‘त्यस्ता तत्त्वहरु नहौसिए हुने हो । हुन त मैले सुने प्रधानमन्त्री लगलग कामेका छन् पद जाने भो भनेर । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन त्यसकारण निर्वाचनसम्म साथीहरुलाई धैर्यधारण गर्न आग्रह गर्छु,’ प्रधानमन्त्रीले केही प्रतिगामी तत्त्वहरु सडकमा आउनेबित्तिकै यो सरकार ‘लगलग’ नकाम्ने दावी समेत गरे ।