मंगलबार, साउन २९ गते २०८२

मोजामा बेरेर ८५० वटा कछुवा तस्करी

मोजामा बेरेर ८५० वटा कछुवा तस्करी

अखबार दैनिक
मंगलबार, साउन २९ २०८२
  • मोजामा बेरेर ८५० वटा कछुवा तस्करी

    एजेन्सी । अमेरिकामा एक जना चिनियाँ पुरुषलाई जेल सजाय सुनाइने भएको छ । संरक्षितको सूचीमा रहेका ८५० वटा कछुवालाई मोजामा बेरेर खेलौना बताउँदै हङकङ पुर्‍याएको मामिलामा दोषी ठहरिएपछि अमेरिकी जिल्ला अदालतले वेइ कियाङ लिन नाम गरेको ती चिनियाँ पुरुषलाई सजाय तोक्न लागेको हो ।

    images

    २०२३ को अगस्ट देखि २०२४ को नोभेम्बरको बिचमा कछुवा राखिएका २ सय भन्दा धेरै पार्सल वेईले हङकङ निर्यात गरेका थिए । 

    कछुवाले भरिएका पार्सलको लेबलमा भने प्लास्टिकबाट बनेका खेलौना जनावर लेखिएको थियो । वेइले ती पार्सलमा इष्टर्न बक्स टर्टल र थ्री–टोड बक्स टर्टल पठाउँथे । यी कछुवाको बाहिरी हिस्सामा विशेष मार्क हुन्छन्, यसलाई घरपालुवा जनावरको रूपमा राख्नुलाई चीनमा प्रतिष्ठाको रूपमा हेरिन्छ । वेइबाट जफ्त गरिएका कछुवाको बजार मूल्य १४ लाख अमेरिकी डलर भएको अमेरिकी अधिकारीहरूको अनुमान छ । सीमामा निगरानी गर्ने क्रममा अधिकारीहरूले ती कछुवा फेला पारेपछि लिन पक्राउ परेका थिए । 

    १९९० को दशकमा यी दुवै कछुवा ठुलो परिमाणमा तस्करी हुन्थे । त्यसपछि यसलाई संरक्षितको सूचिमा राखिएको थियो । अमेरिकामा अनुमति लिएर मात्रै कछुवा निर्यात वा पुनः निर्यात गर्न पाइन्छ ।

     यी कछुवा बाहेक पनि वेइले विषालु सर्प जस्ता कयौं घिस्रिने जनावरलाई समेत पार्सलमा राखेर निर्यात गरेको न्याय मन्त्रालयले भनेको छ । वेइलाई डिसेम्बर २३ मा सजाय सुनाइनेछ । उनलाई पाँच वर्षसम्मको जेल सजाय हुन सक्नेछ । २ हजार भन्दा धेरै इष्टर्न बक्स टर्टल तस्करी गरेको आरोपमा मार्चमा अर्का चिनियाँ नागरिकलाई ३० महिनाको जेल सजाय सुनाइएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ