शुक्रबार, असार १४ गते २०८२

संविधान दिवसको अवसरमा मानव सेवा आश्रमका बृद्धबृद्धाहरुलाई फलफुल वितरण

संविधान दिवसको अवसरमा मानव सेवा आश्रमका बृद्धबृद्धाहरुलाई फलफुल वितरण

अखबार दैनिक
शनिबार, असोज ४ २०७६
  • माधव पराजुली,पोखरा २०७६\ ०६\०४ संविधान दिवसको अवसरमा यहाँको एक मानव सेवा आश्रमका जेष्ठनागरिक तथा फरक क्षमता भएका मानिसहरुलाई फलफुल वितरण गरिएको छ । उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको आयोजनामा पोखरा छोरेपाटन स्थित मानवसेवा आश्रमका ९६ जना जेष्ठनागरिक तथा फरक क्षमता भएका मानिसहरुलाई फलफु वितरण गरिएको हो । जेष्ठनागरिकलाई फलफुल वितरण गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले संविधानमै उल्लेख भए अनुसार नेपालका कोही पनि मानिसहरु अब भोकै वा अनाथ भएर बस्नु नपर्ने बताउनुभयो । संविधानमा मौलिकहक अधिकारको बिषय वस्तुलाई बलियो तवर समेटिएको चर्चा गर्दै उहाँले परिवार बाट अपहेलित वा पिडित भई तथा छिन्न भिन्न भएका त्यस्ता किसिमका व्यक्तिहरुको सामाजिक उत्तरदायीत्व राज्यले लिनुपर्ने बताउनुभयो । मन्त्री लम्सालले अनाथ किसिमका व्यक्तिहरुको व्यवस्थापन गर्न सरकार गम्भीर रुपमा लागेको समेत बताउनुभयो । मानव सेवा आश्रमका अध्यक्ष होमनाथ शर्माले यस आश्रम ९६ जना बृद्धवृद्धा आश्रित रहेको वताउदै यस आश्रम बाट ८ सय भन्दा बढी मानिसहरुलाई सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले सडकमा वेवारिसे अवस्थामा भेटिएका त्यस्ता किसिमका मानिसहरुको उद्धार गरी धेरैलाई पारिवारिक पुनर्मिलन समेत गराइएको बताउनुभयो । उद्योग,पर्यटन,वन,तथा वातावरण मन्त्रालयका अधिकृत पदम शर्मा आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका अवसरमा पोखरा महानगरपालिका वडा नं. १० स्थित विष्णु कुमारी गुरङले बुवाको स्मृतिमा उक्त आश्रमलाई ९ हजार रकम प्रदान गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ