शनिबार, असार १५ गते २०८२

पालुङटार एयरपोर्ट संचालनमा आउने

पालुङटार एयरपोर्ट संचालनमा आउने

अखबार दैनिक
शुक्रबार, भदौ ६ २०७६
  • गोरखा । लामो समयदेखि प्रयोगविहिन हुदैँ आएको गोरखाको पालुङटारमा रहेको एयरपोर्ट संचालनमा आउने भएको छ । एयरपोर्ट संचालनको लागि आवस्यक प्रक्रिया अगाडी बढेको सस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई निकट श्रोतले जानकारी दिएको छ । सस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता नारायणकाजी श्रेष्ठको पटक-पटकको छलफलबाट एयरपोर्ट संचालनमा ल्याउने सहमति भएको श्रोतले बताएको छ । डेढ किलोमिटर लम्वाई र ५ सय मिटर चौडाई क्षेत्रफलमा ५८ वर्षअघि निर्माण गरिएको सो मैदान पृथ्वीराजमार्गमा यातायात सेवा सञ्चालनमा आएसँगै गोरखा, तनहुँ र लमजुङ सदरमुकाममा मोटर पुगेपछि उडान स्थगित भएको थियो । लामो समयदेखि प्रयोगमा नआएपछि यो हवाईमैदान अहिले अलपत्र अवस्थामा रहेको छ । ०१८ सालदेखि उडान सेवा सुरु भएपनि वर्षौंदेखि खेलमैदान, गाईवस्तु चराउने गौचरन, निर्माण सामाग्री थुपार्ने ठाउँ बन्दै आएको छ । २०१७ सालतिर गोरखा, तनहुँ, लमजुङ र मनांगका विभिन्न क्षेत्रमा खाद्यन्न अभाव हुँदा जहाज मार्फत् खाद्यन्न ढुवानी गरिएको र त्यसपछि ०३४ सालसम्म यि ३ जिल्लामा निर्माण भएका खानेपानी योजनाका लागि आवश्यक पर्ने फलामे पाईपहरु पनि ओसारपोसार गरिएको स्थानीय बताउँछन्। १६ वर्षसम्म सो मैदानमा उडान सेवा जारी रहेकोमा सो अवधिमा यात्रुहरु कम र विभिन्न खालका विकास निर्माणमा प्रयोग हुने सामाग्रीहरु वढी ढुवानी भएको पनि उनीहरुको भनाई छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ