शुक्रबार, असार १४ गते २०८२

रञ्जु दर्शनाले सेलरोटी बेच्नुको कारण यस्तो !

रञ्जु दर्शनाले सेलरोटी बेच्नुको कारण यस्तो !

अखबार दैनिक
शुक्रबार, भदौ ६ २०७६
  • १४ साउन ,काठमाडौँ। ‘राजनीतिमा देखिएर भन्दा नदेखिएर काम गर्नेहरु धेरै हुन्छन्। कामको मूल्यांकन परिस्थितिअनुसार हुने हो।’ यो भनाई हो युवा नेतृ रञ्जु दर्शनाको । आजको नयाँ पत्रिकामा प्रकाशित रञ्जुको अन्तर्वार्ताको सारसंक्षेपः अचेल तपाईं ओझेल पर्नुभयो नि? चर्चा त समयअनुसार नै हुने हो। सक्रिय हुँदा नै चौतर्फी चर्चा हुन्छ। जति क्रियाशिल भइन्छ, त्यति चर्चामा आइने न हो। काठमाडौँमा खानेपानीको समस्या, मेलम्चिको भूमिका र अन्य विषयका मुद्दामा हामी फेरि सक्रिय हुँदैछौँ। सधैँ देखिएर काम गरे मात्रै चर्चा हुँदैन। राम्रा काम नदेखिएर पनि गर्न सकिन्छ। तपाईंलाई नानीमैया दाहालसँग तुलना गरिएकोप्रति के भन्नुहुन्छ? राजनीतिममा अब युवाहरु आउनुपर्छ भन्ने संघर्ष गरिरहेकी छु। मलाई नानीमैयाको रुपमा हेर्छन् भने फरक पर्दैन। उहाँ त्यो बेलाको समाजमा नपच्ने खालको व्यक्ति हुनुहुन्थ्यो रे। फ्री स्पिरिट, ओपन माइन्डेड हुनुहुन्थ्यो रे। त्यो बेलामा पञ्चायतविरुद्धको गतिलो झापड नानीमैया दाहालको जित थियो। आर्थिक अबस्था पनि राम्रै छ। पढेलेखेको हुनुहुन्छ। तैपनि तपाईंले सेलरोटीको व्यापार गर्नैपर्ने कारण चाहीँ के? मेरो परिवार आर्थिक रुपमा सम्पन्न छैन। म एकल आमाबाट कठिनाईका साथ हुर्किएकी छोरी हुँ। म पैसाको लागि राजनीति गर्दिन। बरु अन्य व्यवसाय गर्नेछु। विगत दुई वर्षदेखि सेलरोटी व्यवसायलाई निरन्तरता दिने प्रयासमा छु,। राजनीतिमा प्रवेश गर्नुअघि र पछिको अनुभूतिलाई कसरी केलाउनुहुन्छ? १७ वर्षको उमेरमा राजनीतिमा प्रवेश गरेकी हुँ। आफूलाई सामाजिक काम गर्न बढी रुचि भएकाले हरेक मिटिङ, सभा, गोष्ठीमा भाग लिएर कुराहरु जान्न पाउँदा निकै खुसी लाग्थ्यो। आफूले यस्तो अबसर पाएको तर, अवसर नपाएका धेरै छन् भन्नेमा सचेत थिएँ र छु।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ