आइतबार, भदौ २ गते २०८२

पाकिस्तानमा बाढीका कारण मर्नेको सङ्ख्या २२० पुग्यो

पाकिस्तानमा बाढीका कारण मर्नेको सङ्ख्या २२० पुग्यो

अखबार दैनिक
आइतबार, भदौ २ २०८२
  • पाकिस्तानमा बाढीका कारण मर्नेको सङ्ख्या २२० पुग्यो

    एजेन्सी । उत्तर पश्चिम पाकिस्तानको बुनेर जिल्लामा बाढीका कारण कम्तिमा २२० जनाको मृत्यु भएको छ । शनिबार अधिकारीहरूले यसको जानकारी दिएको भन्दै एपीले समाचार छापेको छ । रातारात प्रहरीहरूले अचानक आएको बाढी र पहिरोमा डुबेका घरहरूबाट अरू ६३ जनाको शव निकालेका छन् । 

    आगामी दिनमा थप वर्षा हुने प्रक्षेपण आइरहँदा बाढीका कारण मर्नेको सङ्ख्या बढेको हो । बुनेरमा अझै पनि सयौँ उद्धारकर्मीहरूले जीवितको खोजी गरिरहेका छन् ।

    शुक्रबारको मुसलधाले वर्षा र क्लाउड ब्रष्टका कारण खैबर पख्तुन्ख्वा प्रान्तका कयौँ स्थानमा विनाशकारी बाढी आएको थियो । उद्धारकर्मीहरूले पिर बाबा र मलिक पुरा गाउँमा पनि शवको खोजी तीव्र पारेका छन् । हालैका दिन उत्तरपश्चिम पाकिस्तानमा सामान्यभन्दा उच्च मनसुनी वर्षा भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार