आइतबार, साउन २७ गते २०८२

‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रा विशेष हास्यव्यङ्ग्य महोत्सव सफलतापूर्वक सम्पन्न

‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रा विशेष हास्यव्यङ्ग्य महोत्सव सफलतापूर्वक सम्पन्न

अखबार दैनिक
आइतबार, साउन २७ २०८२
  • ‘अब हाँस्छ बर्दिवास’ : गाईजात्रा विशेष हास्यव्यङ्ग्य महोत्सव सफलतापूर्वक सम्पन्न

    बर्दिवास । सिस्नुपानी नेपाल महोत्तरीको आयोजनामा शनिबार बर्दिवासमा सम्पन्न गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम ‘अब हाँस्छ बर्दिवास’ उल्लासमय माहोलमा भव्य रूपमा सम्पन्न भयो । कार्यक्रममा संस्थाका अध्यक्ष नारद प्रसाद काफ्लेको अध्यक्षता, प्रदेश सभा सदस्य माननीय सारदा देवी थापाको प्रमुख आतिथ्य, तथा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीको विशिष्ट आतिथ्य रहेको थियो ।

    images

    कार्यक्रमको सह–सञ्चालन विनोद ढुङ्गेल र रामकृष्ण भण्डारीले गरेका थिए भने उपाध्यक्ष जीवनराज दाहालले उपस्थित सबै अतिथिलाई हार्दिक स्वागत गरेका थिए । कार्यक्रममा वडा अध्यक्ष पदम आले, बर्दिवासका विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, साहित्यकार, पत्रकार, व्यवसायी तथा विविध क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति देखियो ।

    अतिथिहरूमा होटल तथा पर्यटन व्यवसायी संघ मधेस प्रदेश अध्यक्ष हिरा गौतम, बर्दिवास उद्योग वाणिज्य संघ अध्यक्ष विष्णु खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशी, होटल व्यवसायी संघ महोत्तरी अध्यक्ष गुन्ज बहादुर कार्की, प्रगतिशील लेखक संघ ९प्रलेस० मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे, केन्द्रीय सदस्य विमला विक, शिशिर घिमिरे स्मृति प्रतिष्ठान संयोजक प्रेम घिमिरे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेश अध्यक्ष रुद्रसेन विश्वकर्मा, बर्दिवास साहित्यिक–सांस्कृतिक प्रतिष्ठान अध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष जीवन स्पर्शी, रोटरी तथा रोट्र्याक्ट क्लबका पदाधिकारीहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीय अग्रजहरूको सहभागिता थियो ।

    कार्यक्रममा कविता, गीत, नृत्य, जादु तथा प्रहसनजस्ता विविध प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाए । बेलबहादुर परियार, प्रतिभा पोखरेल, जीवनाथ पोखरेल, कविता दाहाल, रमेश खत्री, सुमन सारङी, कृष्ण क्याप्छाकी, मदन सुन्दास, प्रतिमा पौडेल, प्रविन पौडेल, नारायण खड्का, राजेश भण्डारी, प्रेम घिमिरेलगायत कलाकारहरूको प्रस्तुतीले माहोल झन् रौनकिलो बनायो ।

    प्रमुख अतिथि सारदा देवी थापाले कार्यक्रममा बोलेका शब्दमा बर्दिवासमा हास्यव्यङ्ग्यको सशक्त उपस्थिति स्थापित भएको र यस्ता व्यङ्ग्यमूलक कार्यक्रमहरूले समाजका विकृति–विसङ्गतिलाई निर्भीक रूपमा उजागर गर्दै सुधारको बाटो खोल्ने विश्वास व्यक्त गरिन् ।

    अन्त्यमा अध्यक्ष नारद प्रसाद काफ्लेले प्रमुख तथा विशिष्ट अतिथि, सहभागी कलाकार, दर्शक–श्रोता, सञ्चारकर्मी, सहयोगी संस्था र गौतम होटल परिवारलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा पनि यस्तै साथ–सहयोग रहने अपेक्षा व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार