बुधबार, साउन २३ गते २०८२

सांसद रोशन कार्कीको प्रश्न :  गृहमन्त्रीलाई नेपालीको लास देखेर मुटु काँप्दैन ?

सांसद रोशन कार्कीको प्रश्न :  गृहमन्त्रीलाई नेपालीको लास देखेर मुटु काँप्दैन ?

अखबार दैनिक
बुधबार, साउन २३ २०८२
  • सांसद रोशन कार्कीको प्रश्न :  गृहमन्त्रीलाई नेपालीको लास देखेर मुटु काँप्दैन ?

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई नेपाली दाजुभाइ दिदीबहिनीको लास देखेर मुटु काँप्दैन भन्दै प्रश्न गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेचिएको बताइन् । बेचिएकाहरू अनेक दुःख पाएर लास बनी नेपाल फर्किन बाध्य रहेको उनले बताइन् । 

    images

     ‘नेपाली दाजुभाइ दिदीबहिनी विदेशबाट लास बनी फर्केर आउँदा मुटु  गृहमन्त्रीको काँप्दैन । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर नबेच । लास बनेर फर्किने अवस्थाको अन्त्य गर ।’

    उनले आफूहरू भिजिट भिसाको विरोधी नभई भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी भएको बताइन् । उनले भनिन्–  ‘भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी हौँ । भिजिट भिसाको विरोधी होइनौ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ