शनिबार, साउन १९ गते २०८२

पहिलो राष्ट्रिय कोदो दिवस यसरी मनाइयो

पहिलो राष्ट्रिय कोदो दिवस यसरी मनाइयो

अखबार दैनिक
शुक्रबार, साउन १८ २०८२
  • पहिलो राष्ट्रिय कोदो दिवस यसरी मनाइयो

    काठमाडौँ । नेपालमा आज पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाइएको छ।भक्तपुरको ताथलीमा कृषिमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।

    images

    गत वर्ष २ लाख २५ हजार हेक्टरमा भएको कोदो खेतीबाट तीन लाखभन्दा बढी मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष त्यो तथ्याङ्कमा उल्लेख्य रूपमा वृद्धि गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको मन्त्री अधिकारीले जानकारी दिए ।

    सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले यस वर्षदेखि आज राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि वर्षेनी साउन १६ गते यो दिवस मनाइने भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ