काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहिबार सुन एक लाख ९३ हजार ६ सय रुपौयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी दुई हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदी २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।