शुक्रबार, असार १४ गते २०८२

आफ्नो छवि बचाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : डा. भट्टराई

आफ्नो छवि बचाउन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : डा. भट्टराई

अखबार दैनिक
शुक्रबार, वैशाख २६ २०७७
  • काठमाडौँ, २६ वैशाख । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन् । शुक्रबारदेखि सुरु भएको संघीय संसदको बजेट अधिवेशनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संवैधानिक निकायमा कब्जा जमाउन खोजेको र सांसद अपहरणमा समेत संलग्न भएको आरोप लगाउँदै नैतिकताका आधारमा राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् । ‘महामारीविरुद्ध लड्ने बेला सरकार रातभर पार्टी फुटाउन लाग्छ । संवैधानिक नियुक्तिमा कब्जा जमाउन खोज्यो । यो लोकतन्त्रका लागि शुभ संकेत होइन । यसले ठूलो अनिष्ठको संकेत गर्छ,’ संसद बैठकलाई सम्बोधन गर्दै भट्टराईले भने, ‘कुर्सीमा बस्दैमा कोही ठूलो हुँदैन । सत्ता प्रयोग गरेर महान हुँदैन । नैतिकता देखाउनुस् ।’ डा. भट्टराईले अस्वस्थताको बेला लोकतन्त्र र छवि बचाउन राजीनामा दिन उपयुक्त हुने प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।l8,  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ