मुम्बई । विश्व यतिबेला कोरोना भाइरस बिरुद्धको लडाइँमा होमिएको छ । कोरोनाका कारण भारत सरकारले देशभर लकडाउन गरेको छ । यो समय अन्य क्षेत्र झै भारतीय चलचित्र नगरी बलिउड पनि प्रभावित बनेको छ । कोरोनाका कारण बलिउडका फिल्म र कलाकारका केही इतिहास समेत बदलिएका छन् । यहाँ अहिले त्यही चर्चाको विषय बनाइएको छ ।
पछिल्लो डेढ महिना यता कुनैपनि फिल्म चलचित्र घरमा रिलिज भएका छैन । यस्तो अवस्थामा बक्स अफिसको कलेक्सन जिरो हुन पुगेको छ । भारतीय फिल्म उद्योगमा बक्स अफिस रिपोर्ट जिरो भएको यो नै पहिलो पटक हो ।

विगत ५२ वर्षदेखि फ्रान्सको कान्स शहरमा १२ देखि २३ मे महिनासम्म कान्स नियमित आयोजना हुँदै आएको थियो । यो फेष्टिभल अहिले स्थगित हुने संघारमा छ । कोरोनाको त्रासका कारण यो फिल्म फेष्टिभल समेत स्थगित हुनुपर्ने आवाज समेत उठेको छ ।
अमिताभ बच्चन फ्यानबाट टाढा

विगत ३७ वर्षदेखि फ्यानसँग सँधै नजिक रहँदै आएका बलिउडका महानायक अमिताभ बच्चन अहिले फ्यानबाट टाढा रहेका छन् । उनी फ्यानबाट टाढा रहेको अहिले डेढ महिना भएको छ । उनले हरेक साताको आइतबार जलसा घरमा फ्यानसँग भेटघाट गर्दै आएका थिए । कोरोनाका कारण गत १५ मार्चबाट अमिताभले फ्यानसँगको भेटघाट रोकेका छन् ।
सलमान खानको ‘दबंग’ टुर रद्द

कोरोनाको कारण अभिनेता सलमान खानको दबंग टुर समेत रद्द भएको छ । सन् २०१७ देखि हरेक वर्ष यो टुर नियमित आयोजना हुँदै आएको थियो । टुर ३ देखि १२ अप्रिलसम्म आयोजना हुने गर्दथ्यो । अमेरिका र क्यानडामा यो वर्ष टुर आयोजना तय भएको थियो ।
२१ वर्षमा आइफ स्थगित
२१ वर्षको इतिहास बोकेको इन्टरनेशनल इडियन फिल्म एकेडमी (आइफा) अवार्ड पनि अहिले स्थगित भएको छ । आइफाको यो २१ औं सिजन मध्ये प्रदेशमा आयोजना हुनेवाला थियो । भोपालमा २१ अप्रिलमा अवार्डका लागि राखिएको ओपनिङ सेरोमोनी अहिले भने अनिश्चितकालका लागि स्थगित गरिएको छ ।