शुक्रबार, असार १४ गते २०८२

रामचन्द्र र चित्रबहादुरले विर्सेको रात्रि स्कुल

रामचन्द्र र चित्रबहादुरले विर्सेको रात्रि स्कुल

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • काठमाडौँ महानगरपालिका–१, नक्सालमा नन्दीरात्रि माध्यमिक विद्यालय अवस्थित छ । यो सहायक शिक्षालय¬ पनि हो । यस विद्यालयमा विसं २००४ देखि रात्रिकालीन पढाइ सञ्चालन भइरहेको छ । यसका संस्थापक हुन्– स्वर्गीय रामजीप्रसाद अर्याल । सामान्य विद्यालय समय (बिहान १०–४ बजे)मा विद्यालय जान नभ्याउने विद्यार्थीले पनि शिक्षाको अवसर पाऊन् भन्ने उद्देश्यका साथ यो विद्यालयमा अध्ययन अध्यापन सुरु भएको हो । त्यसैले यस विद्यालयमा साँझ ५ देखि ९ः१५ बजेसम्म कक्षा सञ्चालन हुन्छ । अहिले नन्दीरात्रिमा विभिन्न कक्षामा गरी १ सय ६० विद्यार्थी अध्ययनरत छन् । रात्रिकालीन पढाइ सञ्चालन गर्ने नन्दीरात्रि देशकै एक मात्र ऐतिहासिक विद्यालय भएको सोही विद्यालयका प्रधानाध्यापक मोहन शर्माको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ