शुक्रबार, असार १४ गते २०८२

अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर’

अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर’

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदीले अस्पतालको सुरक्षाका लागि नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र कुलेश्वरको आयोजना तथा नेपाल नेशनल अस्पताल कलङ्कीको सहकार्यमा आज यहाँ आयोजित ‘अस्पताल सुरक्षासम्बन्धि छलफल तथा अन्तक्र्रिया’मा उनले अस्पतालको सुरक्षाका लागि प्रहरी जहिले पनि चनाखो रहेको उल्लेख गरे । अस्पतालमा हुने घटनापश्चात् भित्रभित्रै पैसा दिएर समस्या सल्टाउने समस्याका कारण अस्पताललाई थप चुनौती थपिएको उनको भनाइ थियो । परिसर प्रमुख सुवेदीले अस्पतालमा घट्न सक्ने सम्भावित घटनालाई विज्ञ टोली बनाएर समाधान गर्नतर्फ अस्पताल प्रशाासन लाग्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ