ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई एक नम्बर अब्बल संस्थाका रुपमा स्थापित गरेरै छाडिने दृढता व्यक्त गरेका छन् ।
प्राधिकरणको ३४औँ वाषिकोत्सवका अवसरमा आज आयोजित पदक उपहार तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले सरकारी स्वामित्वका संस्थानमध्ये प्राधिकरणलाई एक नम्बरको संस्थाका रुपमा विकास गरिने बताएका हुन् ।
पछिल्ला वर्षमा लगातार नाफामा गइरहेको संस्थालाई क्रमशः नाफा बढाउँदै लगिने र प्राधिकरणलाई थप व्यावसायिक संस्थाका रुपमा विकास गर्ने योजनाअनुसार नै काम भइरहको बताए ।