शनिबार, साउन १९ गते २०८२

नेपालमा जानसक्छ ८ रेक्टर भन्दा ठूलो भूकम्प

नेपालमा जानसक्छ ८ रेक्टर भन्दा ठूलो भूकम्प

अखबार दैनिक
शुक्रबार, पुस २७ २०८०
  • नेपालमा जानसक्छ ८ रेक्टर भन्दा ठूलो भूकम्प

    सरकारले २ माघमा २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।  

    images

    सरकारले माघ २ गते स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो । वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

    विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले बताए । उनले २६ औँ भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहने बताए । उनले नेपालको पश्चिम भागमा महसुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकाले सञ्चित ऊर्जाबाट ८ रेक्टर भन्दा ठूलो भूकम्प जान सक्ने सम्भावना रहेको वैज्ञानिकहरूले आकलन गरिरहेको बताए । 

    उनले नेपालमा विभिन्न कालखण्डमा ठूलादेखि साना भूकम्पहरू २०७२ सालको गोर्खा, बझाङ, जाजरकोटमा गएको भूकम्पमा कमजोर घर संरचना भत्किँदा ठूलो जनधनको क्षति भएको बताए ।

    उनले नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवनसंहिता विशेष गरी स्थानीय तहहरुबाट हुने नक्शा पासमा अक्षरसः पालना हुँदा मात्रै सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने बताए । उनले कमजोर घर संरचनाहरुलाई सुरक्षित बनाउन प्रवलिकरण कार्य अगाडि बढाउन आवश्यक रहेको बताए ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ