शनिबार, साउन १९ गते २०८२

साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको  मृत्यु

साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको  मृत्यु

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • साँगामा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको  मृत्यु

    भक्तपुर । भक्तपुर सुर्यविनायक नगरपालिका ९ पलासे फनभ्याली नजिक मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

    images

    बुधबार बिहान सडक किनारको खोल्सामा मोटरसाइकलले थिचिएको एक महिला रहेको जानकारी प्राप्त  हुनासाथ प्रहरी वृत्त जगातीको टोली पुग्दा महिलाको मृत्यु भएको अवस्थामा फेला पारेको थियो । 

    प्रदेश२–०३–०१९ प १०५८ नं.को बुलेट मोटरसाइकलले किच्दा नवलपरासी कावासोती घर भई हाल काठमाडौँ कोटेश्वर बस्ने वर्ष २२ कि ममता सुबेदीको मृत्यु भएको पाइएको प्रहरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ