शनिबार, साउन १९ गते २०८२

अभियुक्त रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु

अभियुक्त रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • अभियुक्त रामबहादुर बम्जनविरुद्ध सुनुवाइ सुरु

    मलङ्गवा । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरिएको छ ।  जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई बिहीबार अदालतमा पेस गरिएको हो ।

    images

    उक्त अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

    हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ