शनिबार, साउन १९ गते २०८२

आजको राशिफल : २०८० पुस २४ गते मंगलवार

आजको राशिफल : २०८० पुस २४ गते मंगलवार

अखबार दैनिक
मंगलबार, पुस २४ २०८०
  • आजको राशिफल : २०८० पुस २४ गते मंगलवार
    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
     

    अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ ।

    images

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

     

    एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । साझपख समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    पढाइ लेखाइमा मन नजाने हुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । धन सम्पत्ति आर्जन हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। प्रेममा धोका हुने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ