शुक्रबार, असार १४ गते २०८२

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : बाबुराम भट्टराई

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : बाबुराम भट्टराई

अखबार दैनिक
आइतबार, भदौ १ २०७६
  • समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजबाद कम्युनिष्टहरुले भने जस्तो नहुने बताएका छन् । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपाल बिचको शनिबार यहाँ आयोजित जिल्ला एकता घोषणा सभामा उनले सो कुरा बताएका हुन् । ‘हाम्रो समाजबाद पुँजीबादको टिको मात्र लगाउने खालको प्रजातान्त्रिक समाजबाद पनि होइन, उहाँले भने, ‘कम्युनिष्टहरुले भनेको जस्तो साम्यबादको खुड्किलो जस्तो समाजबाद पनि होइन ।’ अध्यक्ष डा. भट्टराईले समाजबादी पार्टीले ल्याउने समाजबाद सर्वहारा बर्गको अधिनायकत्वको हुने खालको समाजबाद नभई फरक पहिचान हुने बताए । उनले फरक पहिचान र चिन्तन सहितको समाजबाद निर्माणको बाटोमा पार्टी अघि बढेको उल्लेख गर्दै व्यक्तिगत पहिचान तथा सामुहिकता सहितको समाजबाद नै पार्टीको लक्ष्य रहेको उल्लेख गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ