मंगलबार, साउन २९ गते २०८२

पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

अखबार दैनिक
आइतबार, असोज ७ २०८०
  • पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

    ७ असोज, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि हात नपरेको बताएका छन् ।

    images

    एसियाली खेलकुदमा भाग लनि चीन जानुअघि आइतबार काठमाडौंमा बिदाइपछि पत्रकारसित कुरा गर्दै उनले भने, ‘सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौं । हेरौं के हुन्छ ।’

    २८ भदौमा एसियाली खेलकुदमा सहभागी हुन जाने खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ भदौमा बस्ने मन्त्रिपरिषद् बैठकले खेलाडीहरुको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका थिए । तर पनि अहिलेसम्म पुरस्कार रकम हात नपरेको कप्तान पौडेलले बताए ।

    पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिंदै प्रतिव्यक्ति १७ लाख पुगिसक्दा पनि खेलाडीले पाउन सकेका छैनन् ।

    एसियाली खेलकुदमा पदक जित्ने लक्ष्य
    एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको भन्दै पदक जित्ने नै लक्ष्य रहेको बताए ।

    उनले भने, ‘हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भए पनि, बलियो वा कमजोर जस्तो भए पनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ ।’

    १३ टिमले भाग लिने पुरुष क्रिकेट टी-२० फर्म्याटमा हुने छ । गत वर्षको अगष्टमा केन्यामा पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेपछि नेपालले टी-२० फर्म्याटमा खेल्न लागेको यो पहिलो प्रतियोगिता हो ।

    टी-२० विश्वकप छनोटअघि एसियन गेम्समा टी-२० खेल्न पाएकाले यो निक्कै महत्वपूर्ण हुने उनले बताए । ‘वान डे गेम गत वर्षदेखि खेल्दै आएका थियौं,’ उनले भने, ‘अब टी-२० मा जानुपर्नेछ । हामी टी-२० का लागि तयार छौं ।’नेपालले आगामी नोभेम्बरमा घरेलु मैदानमै हुने टी-२० विश्वकपको छनोट खेल खेल्नुपर्नेछ ।

    टी-२० विश्वकप एसिया छनोटमा नेपाल, यूएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, मलेसिया र छनोट हुन बाँकी अर्को एक गरी ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोली आगामी वर्ष वेष्टइन्डिज र अमेरिकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।

    अभ्यासका क्रममा चोटग्रस्त बनेपछि ललित राजवंशी टिममा छैनन् । एक दिवसीय क्रिकेटमा राम्रो बलिङ गर्दैआएका ललितलाई एसियन गेम्समा मिस गर्ने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ