शुक्रबार, असार १४ गते २०८२

गण्डकी प्रदेशमा भ्रमण बर्षको भब्य उद्घाटन गरिने

गण्डकी प्रदेशमा भ्रमण बर्षको भब्य उद्घाटन गरिने

अखबार दैनिक
मंगलबार, पुस १५ २०७६
  • पोखरा,१५ पुस – नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष सन् २०२० को पहिलो दिन जनवरी १ तारिखमा बुधबार संघीय सरकारसंगै सातै प्रदेशका मुख्यमन्त्रीले आफ्नो क्षेत्रबाट नेपाल भ्रमण बर्षको शुभारम्भ गर्ने भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराबाट पनि नेपाल भ्रमण बर्षको भब्य रुपमा शुभारम्भ गर्ने तयारी गरिएको नेपाल भ्रमण बर्ष २०२० गण्डकी प्रदेशका संयोजक तथा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बुधबार ३ बजे पछि नेपाल भ्रमण बर्षको शुभारम्भ गर्ने छन । पोखराको लेकसाइड स्थित फिस्टेल गेट अगाडीबाट विभिन्न जनजातिको भेषभुषामा झाँकी सहितको बृहत र्याली बाराहीघाटमा पुगेर औपचारिक शुभारम्भ गरिने मन्त्री लम्सालले बताए । उनले भने “ हाम्रो प्रदेशले सन् २०१९ लाई प्रदेशको आन्तरिक भ्रमण बर्षको घोषणा गरेका थियौं, त्यसको समिक्षा हुँदै नेपाल भ्रमण बर्षलाई प्रदेशबाट कसरी सहयोग पुर्योउन सकिन्छ त्यसको बारेमा चर्चा गरिन्छ । ” प्रदेशका पर्यटकीय गतिविधि सहित यहाँको कला संस्कृतिलाई समेटेर नेपाली, अँग्रेजी र चाइनिज भाषामा पुस्तक समेत प्रकाशनको तयारी गरिएको मन्त्री लम्सालले जनाए । नेपाल सरकारको भ्रमण बर्षमा २० लाख पर्यटक भित्राउने अभियानमा आफ्नो क्षेत्रबाट समेत सकरात्मक पहल हुने बताएका मन्त्री लम्सालले प्रदेशले गत बर्ष घोषणा गरेको एक सय १० पर्यटकीय गन्तव्यमा यसै बर्ष केही पर्यटकीय गन्तव्यको छनौट गरी सरकारले लगानी गर्ने भएको बताए । उनका अनुसार प्रदेशका ११ जिल्लाहरु मध्ये हरेक जिल्लामा करिब ४ वटा पर्यटकीय गन्तव्यको रुपमा पूर्वाधार तथा सौन्दर्यकरणको लागि ४० लाखको दरले अनुदान दिने तयारी गरिएको जनाए । प्रदेश सरकारले प्रति जिल्ला १ करोड ६० लाखको दरले प्रदेशका ११ जिल्लामा १७ करोड ६० लाख रुपैया पर्यटन पूर्वाधारमा लगानी गर्ने भएको हो । बजेट विनियोजना गर्न कार्य्िवधि समेत निर्माण गरिएको उनले जनाए । निर्वा्िचत सांसदको संयोजकत्वमा गठित समितिको सिफारिसको आधारमा प्रदेशले जारी गरेको पर्यटकीय गन्तव्यलाई नै प्रथामिकतामा राखेर लगानी गर्न लागेको मन्त्री लम्सालले जनाए । आगामी बर्षमा दोस्रो प्रथामिकताको आधारमा पुनः पर्यटकीय गन्तव्यमा लगानी गर्दै जाने प्रदेश सरकारको योजना रहेको उनले जनाए । प्रदेशका ११ जिल्लाका कला संस्कृति झल्कने गरी सरकारी तथा गैर सरकारी विभिन्न संघ संस्थाहरुको सहभागितामा जनवरी एक तारिखमा पोखरामा पनि नेपाल भ्रमण बर्षको अवसरमा भब्य उद्घाटनको तयारी गरिएको नेपाल भ्रमण बर्ष २०२० गण्डकीका सहसंयोजक अग्नी कँडेलले बताए । पोखरा महानगरपालिकाका ३३ वटै वडाबाट समेत नेपाल भ्रमण बर्षको अवसरमा भिजिन नेपाल २०२० लेखिएको लोगो अंकिल बेलुन उडाउने कार्यक्रम राखिएको उनले जनाए । प्रदेशका पुरातात्विक तथा ऐतिहासिक बस्तुको संरक्षणमा आफुहरुको ध्यान जाने भएको सहसंयोजक कँडेलले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ