शुक्रबार, असार १४ गते २०८२

एक निर्वाचन क्षेत्रमा एक आवसिय विद्यालयःमन्त्री लम्साल

एक निर्वाचन क्षेत्रमा एक आवसिय विद्यालयःमन्त्री लम्साल

अखबार दैनिक
बुधबार, पुस ९ २०७६
  • पर्वत-  पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माविको नवनिर्मित चार कोठे भवन उद्घाटन गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई पर्वतको झण्डै ७० लाख रुपैया अनुदानमा निर्माण भएको भवनको बुधवार गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्नुभएको छ । सो अवसरमा बोल्दै मन्त्री लम्सालले अबको शिक्षा प्रतिस्पर्धि र स्वरोजगारमुखि हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भएको भन्ने आरोप लाग्न थालेको भन्दै मन्त्री लम्सालले अब गाउँ गाउँमा रहेका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले गण्डकी प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा एक एक वटा आवसिय विद्यालय निर्माण गर्ने योजनामा प्रदेश सरकार लागिपरेको पनि बताउनुभयो । अब गाउँमै सर्वसुलभ रुपमा गुणस्तरीय शिक्षाको विस्ता नहुने हो भने नेपालका अधिकांस ग्रामीण भेगहरु रित्तिने बताउँदै गुणस्तरीय शिक्षा र स्वास्थ्यको पहुँच तल्लो तहसम्म पु¥याउनुपर्ने बताउनुभयो । मन्त्री लम्सालले अहिलेको सरकार बनेको दुई वर्ष पुरा भएको बताउँदै बाँकी तीन वर्षमा नागरिकका अधिकांस चाहनाहरु पुरा हुने बताउनुभयो । सडक, खानेपानी, सिंचाई जस्ता पूर्वाधारहरुको विकास धमाधम भैरहेको बताउँदै यिनीहरुको विकास सँगै अब स्वरोजगारमुलक क्षेत्रमा युवाहरुलाई आकर्षण गर्नुपर्ने बताउनुभयो । सवै ठाउँमा सवैको कुराको पहुँच पुगेकाले आयआर्जनमुलक काममा लाग्न युवा पुस्तालाई मन्त्री लम्सालको आग्रह रहेको थियो । अर्को प्रसंगमा ठुलीपोखरीसँग आफ्नो गहिरो सम्वन्ध रहेको बताउँदै आफ्नो कार्यकालमा यस क्षेत्रबाट केहि नमुना कामको शुरुवात गर्ने बताउनुभयो । उहाँले सडक कालोपत्रे, एक घर एक धारा खानेपानी विस्ता, सिंचाईका योजनाहरुको निर्माण भैरहेको बताउँदै ठुलीपोखरीलाई अब पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनामा आफु लागेको बताउनुभयो । उहाँले भैरहेका विकास निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी बनाउन तथा समयमै सम्पन्न गर्नका लागि स्थानीय जनप्रतिनिधि र नागरिकहरुले पनि खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेल, कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने, पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई शिक्षाका कार्यालय प्रमुख युक्तप्रसाद शर्मा लगायले जिल्लामा शैक्षिक पूर्वाधाहरुको पुर्ननिर्माणको अवस्थाका बारेमा बोल्नुभएको थियो । कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, नेकपा जिल्ला कमिटि सचिब सुदिप कुँवर, केशव कुँवर, नेपाली काँग्रेसका जिल्ला सदस्य हेमराज सापकोटाको पनि उपस्थिति रहेको थियो । कुश्मा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष राजेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका गतिवधिसँगै स्वागत प्रअ मेघनाथ आचार्य र संचालन शिक्षक आनन्द रिमालले गर्नुभएको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतीहरु पनि राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ