शुक्रबार, असार १४ गते २०८२

अब इलमी हातले गाउँ छोड्नु पर्दैनः मन्त्री लम्साल

अब इलमी हातले गाउँ छोड्नु पर्दैनः मन्त्री लम्साल

अखबार दैनिक
आइतबार, पुस ६ २०७६
  • पोखरा – पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो । महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनुनपर्ने बताउनुभयो । तीनै तहका सरकार बनेपछि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनमा आएको बताउँदै मन्त्री लम्सालले अब गाउँ–गाउँमा स्वरोजगारका बाटाहरु खुलेको बताउनुभयो । उहाँले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो । मन्त्री लम्सालले उद्यम व्यवसाय गर्ने जोसुकै युवालाई राज्यले सहयोग गर्ने बताउनुभयो । उहाँले गाउँ–गाउँमा उद्यम सिर्जना गर्न लागिपरेको बताउनुभयो । उहाँले पर्यटन, कृषि, उद्यम तथा ऊर्जाको क्षेत्रमा अनुदान वितरण गरिरहेको बताउँदै गाउँमै उद्यम सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले घरवास (होमस्टे)लाई प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो । गण्डकी प्रदेशले २७४ घरवास बनाएको बताउँदै घरवास प्रभावकारी भएमा पर्यटकको कमी नहुने र जुनसुकै व्यवासाय गर्नका लागि पनि गण्डकी प्रदेश सरकारले बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो । कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले विकासबाट विमुख बनेको विहादी बिस्तारै उज्यालोको दिशामा जान थालेको बताउनुभयो । विविध समस्याले गाउँपालिकाले नागरिकका अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै विकास निर्माणमा सबैको सक्रियता र सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले बाच्छामा सञ्चालित घरवासलगायत विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्नका लागि पहल गर्ने बताउनुभयो । महोत्सवमा भलिबल प्रतियोगिता, स्थानीय गुरुङ समुदायका परम्परागत सांस्कृतिक कार्यक्रम लोकगीत प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । सोही स्थनमा रहेको सालडाँडा सामुदायीक होमस्टेको समेत उद्घाटन गरिएको छ । होमस्टेको भौतिक पूर्वाधारको व्यवस्थापन गर्न गण्डकी प्रदेश सरकारले १० लाख रकम प्रदान गरेको थियो । १ लाख रकम गाउँपालिका र ३ लाख जनश्रमदान गरि १४ लाख रकम बाट होमस्टेको भौतिक व्यवस्थापन गरेको होमस्टे सञ्चालक सविन गुरुङले जानकारी दिनुभयो । होस्टेमा बस्नका लागि पुग्ने पाहुनालाई कन्दमूलको स्वादमा रमाउनुका साथै पूर्ण अर्गा्निक खाद्यान्नहरू खुवाउने गरी होमस्टे सञ्चालनमा आएको हो । यहाँ वन तरुल,बटुक,सेलरोटी, लोकल कुखुरा खसि,बोका लगाएतका परिकार पाईन्छ । होमस्टेहरू खुल्ने क्रम बढेको पर्वत जिल्लामा हरेकले केही न केही नयाँ विशेषताहरूको साथमा सेवा सञ्चालनमा ल्याएका छन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ