शुक्रबार, असार १४ गते २०८२

महिला क्रिकेटमा बंगलादेशलाई मिल्यो स्वर्ण पदक,मन्त्री लम्साल द्धारा स्वर्ण पदक बिजेता पुरस्कृत

महिला क्रिकेटमा बंगलादेशलाई मिल्यो स्वर्ण पदक,मन्त्री लम्साल द्धारा स्वर्ण पदक बिजेता पुरस्कृत

अखबार दैनिक
आइतबार, मंसिर २२ २०७६
  •   १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंकामाथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत पदक हाता पार्दा नेपालले कास्यमा चित्त बुझायो । फाइनल खेलमा टस हारेर ब्याटिङ्ग गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको मध्यम स्कोर बनाएको थियो । जितका लागि ९२ रनको लक्ष्य पछ्याएको श्रीलंका जितको नजिकै पुगेर ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो । श्रीलंकालाई रोक्ने क्रममा बंगलादेशका बलरहरु नहिदा अख्तरले २ तथा जहानरा आलम, सलमान खातुन, र खादिजा खुर्वाले समान एक एक विकेट लिए । ४ ओभरको स्पेलमा १ मेडन सहित मात्रै ९ रन खर्चिएर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन् । यसअघि पहिला ब्याटिङ गर्दै ९१ रन बनाएको बंगलादेशका लागि निगार सुल्तानले सर्वा्धिक २९ रन जोडिन् । विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रि विकास लम्साल, विशेष अतिथि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, दिपक कोइराला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ्ग, क्यानका केन्द्रिय सदस्य ऋषि गौतम, क्यान गण्डकी अध्यक्ष देवेन्द्र प्रजु, क्यान कास्की अध्यक्ष सञ्जयकान्त सिग्देल, टुर्नामेण्ट डाइरेक्टर उत्तम कर्माचार्य लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ