सोमबार, भदौ ३ गते २०८२

चर्चित गायक तथा अभिनेता रविन तामाङको मृत्यु

चर्चित गायक तथा अभिनेता रविन तामाङको मृत्यु

अखबार दैनिक
बुधबार, असार २० २०८०
  • चर्चित गायक तथा अभिनेता रविन तामाङको मृत्यु

    काठमाडौंः नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ। उनी मंगलवार बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएको उनकी दिदी भगवती तामाङले बताइन्। तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन्। प्रहरी प्रभाग बुढानीलकण्ठका इन्स्पेक्टर दीपेन्द्र चन्दले कोठाको ढोका लक भएको र उनी भित्र मृत भेटिएको बताए। 

    रविनको शव अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। बुधवार बिहान दश बजे उनको शव पोष्टमार्टम हुनेछ। नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा व्यस्त थिए।

    ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म ‘छड्के २’ केही अगाडि प्रदर्शनमा आएको थियो । हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका उनको नेपाली रक गीतको विकासमा योगदान महत्त्वपूर्ण मानिन्छ।

    लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो। सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘दम मारो दम’, ‘कल्पना’ लगायत कयौँ गीत युवापुस्ता माझ चर्चित छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार