शुक्रबार, असार १४ गते २०८२

कास्की २ मा आठ हजार ४०९ मतान्तरले नेकपाकी उमेदवार विद्या भट्टराई विजयी,

कास्की २ मा आठ हजार ४०९ मतान्तरले नेकपाकी उमेदवार विद्या भट्टराई विजयी,

अखबार दैनिक
आइतबार, मंसिर १५ २०७६
  • माधव पराजुली, कास्की निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उमेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा आठ हजार ४०९ मतान्तरले नेकपा उमेदवरा भट्टराई विजयी हुनुभएको हो । उहाँले २४ हजार ३९५ मत प्राप्त गर्दा कांग्रेस उमेदवार पौडेलले १५ हजार ९८६ मत पाउनुभयो । अहिले मतगणना सकिएको छ । तर, यसको औपचारिक घोषणा गर्न भने बाँकी छ । औपचारिक घोषणा हुन केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ । कुल ७१ हजार ८७१ मतदाता रहेको कास्कीमा २ मा ६३।४० प्रतिशत अर्थात ४५ हजार ५६३ मत खसेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ