शुक्रबार, असार १४ गते २०८२

कास्की २ मा मतदान सम्पन्न करिब ६५ प्रतिशत मत खस्यो,आजै मतगणना हुने

कास्की २ मा मतदान सम्पन्न करिब ६५ प्रतिशत मत खस्यो,आजै मतगणना हुने

अखबार दैनिक
शनिबार, मंसिर १४ २०७६
  • माधव पराजुली,पोखरा कास्की क्षेत्र नं. २ मा मतदान सकिएको छ । उपनिर्वाचनका लागि ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नं. २ मा करिब ६५ प्रतिशत मत खसेको छ । मतदाताहरु बिहानै देखि लाईनमा बसेर साझ सम्म मतदान गरिरहेका थिए । विहान ७ बजे बाट शुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । केहीँ स्थानमा छिटफुट घटना घटेपनि मतदान शान्तिपूर्ण तवरले भएको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जनाकारी दिनुभयो । उहाँका अनुसार मत गणना बेलुकी १० बजे बाटनै शुरु गरिने तयारी भएको छ । मतगणना जिल्ला समन्वय समितिको सभाहलमा हुनेछ । उपनिर्वाचनमा शान्ति सुरक्षा चुस्तदुरुस्त पारिएको थियो । सुरक्षामा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको थियो । उपनिर्वाचन सौहाद्रपूर्ण वातावरणमा सम्पन्न गर्न यहाँ पाँच हजार पाँच सय ५२ जना कर्मचारीहरु परिचालन गरिएको थियो । यस क्षेत्रका २१ जना उम्मेदवार मध्ये १३ जना उम्मेदवार बाहिरी क्षेत्रका भएकाले आफैलाई मतदान गर्न बाट बञ्चित भएका थिए । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घट्नामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ