शुक्रबार, असार १४ गते २०८२

कास्की २ मा ५५ प्रतिशत मत खस्यो ।।

कास्की २ मा ५५ प्रतिशत मत खस्यो ।।

अखबार दैनिक
शनिबार, मंसिर १४ २०७६
  • माधव पराजुली,रेडियो नेपाल,पोखरा कास्की क्षत्र नं. २ मा अहिलेसम्म ५५ प्रतिशत मत खसेको छ । यहाँ उपनिर्वाचनका लागि ७१ हजार ८ सय ७१ मतदाता छन् । मतदाताहरु बिहानै देखि लाईनमा बसेर मतदान गरिरहेका छन् । विहान ७ बजे बाट शुरु भएको मतदान बेलुकी ५ बजे सम्म चल्नेछ । नेकपा उमेदवार विद्या भट्टराईले पोखरा ३३ भरतपोखरी स्थित शान्ती उदय माविमा मतदान गर्नुभएको छ भने साझा पार्टीका उम्मेदवार रजनी केसिले वार्ड न. ४ को नवीन माबी मा मतदान गर्नुभयो । काङ्ग्रेस उमेदवार खेमराज पौडेलले मतदान गर्न नपाए पनि बिहानै देखि विभिन्न मतदान केन्द्रमा पुगेर मतदाता भेट्नमा व्यस्त देखिनुभएको छ । यस क्षेत्रका २१ जना उम्मेदवार मध्य १३ जना उम्मेदवार बाहिरी क्षेत्र भएकाले भोटहाल्न पाउदैनन् । मतदान शान्तिपूर्ण तवरले भईरहेको जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जनाकारी दिनुभयो । उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ